Incident Reports

बालविवाहका आरोपित गिरफ्तार l

2014-02-15

Madhes, Saptari, Rajbiraj

Manohar Kumar Pokhare एक १४ वर्षीया बालिकासँग बाल विवाह गरेको आरोपमा धनुषा जिल्ला गोपालपुर गाविस-९ हारसरका ४० वर्षीय कलाम राइनलाई फागुन ४ गते प्रहरीले राजविराज नपा-२ बाट गिरफ्तार गरेको छ । राइनले बालिकासँग फागुन २ गते विवाह गरी पीडितकै घरमा बसेको सूचनाको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पीडित बालिका र आरोपितलाई फागुन ४ गते राजविराज नपा-३ स्थित अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाले जानकारी दिएको छ । आरोपितको जेठी पत्नीतर्फ दुई छोरा रहेको आरोपितले बताएका छन् । आरोपितलाई जबरजस्ती करणीको मुद्दा चलाएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार वैदवारले बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis