Incident Reports

सिमा अतिक्रमणको विरोधमा दोलखामा प्रदर्शन

2020-05-09

Bagmati, Dolakha, Bhimeshwor

नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न भारतले सडक निर्माण गरी उद्घाटन गरेको विरोधमा शनिबार चरिकोटमा दोलखाली युवाहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। 

प्रदर्शनमा सहभागी नेकपा दोलखाका युवा नेता मिनकुमार सिवाकोटी,भरत श्रेष्ठ,तारा तामाङ,कमल ढकाल,विकल खड्का,तिर्थ कार्की,बद्री श्रेष्ठ,रवि राउत, सुरेन्द्र चौलागाईं, देवु श्रेष्ठ, दिपेन श्रेष्ठ लगायत ४०/५० जनाको सहभागितामा विरोध कार्यक्रम भएको हो। 

छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि नेपालमा विरोध सुरु भएको छ। भारतले नेपाली भूमि मिचेर सडक मार्ग खोलेको विरोध गर्न सत्तारुढ दल नेकपानिकट युवाहरुले प्रदर्शन गरेका हुन् । प्ले कार्डसहित शान्तिपूर्ण रुपमा सांकेतिक रुपमा विरोध गर्न पुगेका उनीहरुलाई स्थानीयले समेत साथ् दिएका हुन्। भारतले नेपाली भु­भाग मिचेको बिषयलाई परराष्टमन्त्रीको ध्यानाकर्षण गराउन युवाहरुले एसएमएसमार्फत पनि दबाव गर्न थालेका छन्। भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उक्त सडकको शुक्रबार उद्घाटन गरेको सञ्चार माध्यमले सार्वजनिक गरेपछि नेपालीले विरोध जनाएका हुन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments