Incident Reports

स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की

2020-05-08

Lumbini, Banke, Khajura, Ward 7

कोरोनाविरुद्ध अग्रभागमा रहेर कार्यरत स्वास्थ्यकर्मीलाई बांँकेको सोनपुरमा स्थानीय व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएपछि खजुरा गाउँपालिका वडा नं ७ स्थित सोनपुर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी त्रसित भएको स्वास्थ्यचौकीका प्रमुख सुदीप पौडेलले बताउनुभयो ।  उहाँका अनुसार यही वैशाख २६ गते प्रसूति गराउन आउनुभएकी रफी भाटकी श्रीमतीलाई स्वास्थ्यचौकीका कर्मचारीले व्यथा नलागेको भन्दै घर फर्काईदिएका थिए । घरमै सुत्केरी भए पनि स्वास्थ्यचौकीमै जन्मिएको प्रमाणीकरण हुनुपर्ने भाटको माग अस्वीकार गर्दा उनीसहितको समूहले कार्यालयमा आएर कर्मचारीमाथि दुव्र्यवहार गर्नाका साथै ज्यान मार्ने धम्की दिएको हो ।  स्वास्थ्यचौकीमै आएर कर्मचारीलाई कार्यालय बाहिर भेटे हातखुट्टा भांँच्ने र ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीले सुरक्षा प्रत्याभूतिको माग गरी प्रहरीमा उजूरी दिएको स्वास्थ्य चौकीका प्रमुख पौडेलले जानकारी दिनुभयो । 

इलाका प्रहरी कार्यालय धनौलीका इञ्चार्ज प्रहरी निरीक्षक पोषणराज थपलियाले सोनपुर स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले आफूहरुमाथि जीउज्यानको सुरक्षा गरी पाऔँ भन्दै कार्यालयमा निवेदन दिएको जानकारी दिँदै सोबारे अनुसन्धान शुरु भएको बताउनुभयो । कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा स्वास्थ्यकर्मीले धमाधम स्वाब सङ्कलन गरिरहेका बेला धम्की आएपछि स्वास्थ्यचौकीको सेवा प्रभावित भएको छ ।  

 


  

 

  

 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports