Incident Reports

विप्लवका कार्यकर्ताले जलाए मोदीको पुत्ला

2020-05-11

Karnali, Kalikot, Pachaljharana

कालिकोट : कालिकोटमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका कार्यकर्ताले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन्। पार्टीको केन्द्रीय समितिको निर्देशन अनुसार नेकपाका कार्यकर्ताले सोमबार जिल्लाका बिभिन्न ठाँउमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका हुन्। उनीहरुले पुत्लामा म मोदी हुँ, लिपुलेक केपी ओली जिले बिक्रि गरेका हुन् भनेर लेखेर जलाएका छन्। 

नेपाली भुमी लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भएको भारतिय नाङगो हस्तक्षेप विरुद्धमा जिल्लाभरी भारतिय प्रधानमन्त्री मोदीको पुत्ला जलाइएको नेकपा कालिकोटका सेक्रेटरी मनीलाल ऐडी रणदीपले जानकारी दिए। उनले लकडाउनका बेला सत्ताधारी नेकपाका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाउन नेपाली भुमी बेचेको आरोप लगाए। जिल्लाको पचालझरना गाउँपालिकामा मोदीको पुत्ला दोहन कार्यक्रम पछि कोणसभाको आयोजना गर्दै उनले भने 'सत्ताधारी नेकपाको पार्टी भित्रै विवाद चर्किएपछि ओलीको सरकार संकटमा पर्दा प्रधानमन्त्री ओलीले नेपाली भुमी भारतलाई बेचेर सत्ता टिटकाउने खेल खेलेका छन्। हामी मातृ भुमीको रक्षाका लागि अब बलिदान दिनु परे पनि तयार छौँ। भारतिय हष्तक्षेप सहेर बस्दैनौँ।' उनले पार्टीको निर्णय अनुसार नेकपाले संघर्षका कार्यक्रमहरु बढाउदै जाने उल्लेख गरे। 

यस्तै नेकपा जिल्ला इन्चार्ज कर्णबहादुर भणडरु बिराडले बर्तमान सरकारले प्रधानमन्त्री निवासी बालुवाटार आफ्ना पार्टीका नेता बिष्णु पौडेललाई र लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतलाई सुम्पेको आरोप लगाए। उनले भने 'अहिलेका सरकारका मन्त्रीहरु भ्रष्टचारी छन्। उनीहरुले सबै किसिमका दलाली सकेर देशको भुमी बेच्न थालेका छन्। बर्तमान सरकारका भुमी व्यवस्था मन्त्री पद्मा अर्यालले सञ्चार माध्याममा नै लिपुलेक नेपालको नक्समा हिजो पनि थिएन। आज पनि छैन भन्नुको अर्थ यो सरकारले नेपाली भुमी बिक्रि गरेको प्रष्ट्याएको छ। अब हाम्रो पार्टीको मुख्य एजेण्डा नै संघर्ष बनेको छ। यसबाट आउने परिर्णामको जिम्मा सरकारले नै लिनुपर्छ। उनले आफ्नो पार्टीले हिंसाको राजनीति गर्न नचाएको भएपनि मुलुक र जनताको रक्षाको लागि हिंसाको बाटोमा जान हामीलाई बाध्य बनाईदैछ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments