Incident Reports

हेमजामा मोदीको पुत्ला दहन

2020-05-12

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 25

हेमजा, ३० बैशाख । पोखरा–२५ हेमजाका युवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् । 
उनीहरुले नेपालको लिपुलेक क्षेत्रमा भारतले एकल रुपमा बाटो बनाएको विरोध स्वरुप प्रदर्शन गर्नुका साथै प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका हुन्। युवाले भारतीय बिस्तारवाद मुर्दावाद, हाम्रो भूमि प्रण भन्दा प्यारो छ, लिपुलेक हाम्रो हो जस्ता नारा लगाएका थिए। युवा टोली प्रदर्शन गर्दै स्थानीय नहरचोकदेखि मिलनचोकसम्म पुगेको थियो । मिलनचोकमा मोदीको पुत्ला जलाउने कार्यमा प्रहरीले रोकावट गर्यो । 
रोकावट पछि हाराहारीमा पुगेर पुत्ला जलाएको सहभागि अमित तिमिल्सिनाले जानकारी दिए । राष्ट्रियताको सवाल उठानमा समेत प्रहरी हस्तक्षेप हुनु निकै दःुखद् भएको सहभागी युवाले प्रतिक्रिया दिएका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments