Incident Reports

करणी अभियोगमा एक युवा पक्राउ

2020-05-10

Gandaki, Lamjung, Madhya Nepal, Ward 6

लमजुङ — जबर्जस्ती करणीको अभियोगमा लमजुङ प्रहरीले एक युवालाई मंगलबार पक्राउ गरेको छ । मध्यनेपाल नगरपालिका ६ का २५ वर्षीय सोनाम धिंगाललाई लमजुङ प्रहरीले तनहुँको दमौलीबाट मंगलबार इन्स्पेक्टर ओमप्रकाश पुनको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो । 

डीएसपी रविन्द्रमान गुरुङका अनुसार यही वैशाख २८ गते आइतबार राति एक १४/१५ वर्षीया किशोरीलाई रातको समयमा जबर्जस्ती करणी गरेको अभियोगमा धिंगालविरुद्ध प्रहरीमा उजुरी परेको छ । घटनापछि धिंगाल लुकिछिपी हिँडेका युवकलाई मंगलबार दमौलीबाट पक्राउ गरिएको उनले बताए । पक्राउ परेका युवक धिंगाललाई बेंसीसहरस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र थप अनुसन्धान गरी जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ । प्रकाशित : वैशाख ३०, २०७७ १९:१९

पक्राउ परेका युवक धिंगाललाई बेंसीसहरस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र थप अनुसन्धान गरी जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments