Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-05-10

Bagmati, Nuwakot, Bidur, Ward 6

६ वर्षीया र ११ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विदुर नगरपालिका–६ मान्द्रेढुङ्गाका ३० वर्षीय सोमबहादुर राईलाई प्रहरीले वैशाख २९ गते गिरफ्तार गरेको छ ।

पीडितहरूको घरमा कोही नभएको बेलामा प्रवेश गरी आरोपितले वैशाख २८ गते यौन दुर्व्यवहार गरेको भन्दै वैशाख २९ गते जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएको थियो ।

उजुरी परेपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु फुयाँलले जानकारी दिनुभयो । आरोपितमाथि बालयौन दुरुपयोग कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

पीडितहरूको स्वास्थ्य परीक्षण त्रिशुली जिल्ला अस्पतालमा वैशाख २९ गते गरिएको इन्स्पेक्टर फुयाँलले बताउनु भयो ।

नवदीप श्रेष्ठ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments