Incident Reports

लकडाउनका बेला हत्या

2020-05-10

Madhes, Mahottari, Gaushala, Ward 4

महोत्तरी – अज्ञात समूहले यहाँका एक सर्वसाधारणको हत्या गरेको छ। समूहले गौशाला नगरपालिका–४ बिर्ता टोलका ४६ वर्षीय दीलिप ठाकुरको हत्या गरेको हो। उनको शव गाउँदेखि पूर्व उत्तर पर्ने गुठी संस्थानको मकैबारीमा आइतबार फेला परेको हो।  ठाकुरलाई काठको मुङ्ग्रोले हानेर हत्या गरेको गौशालास्थित इलाका प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहारबाट उनको अनुहारको बायाँपट्टि गहिरो चोट लागेको छ। चोटसँग मिल्दोजुल्दो एक थान काठेमुङग्रो पनि शवमाथि राखिएको अवस्थामा प्रहरीले फेला पारेको छ। चोट लागेका ठाउँबाट अत्यधिक रक्तश्राव भएको छ।   

इलाका प्रहरी गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीका अनुसार हत्या नियोजित नभई अकस्मात उत्तेजनामा आएर भएजस्तो देखिन्छ। शव बरामद भएको घटनास्थलमा मकैका बोटहरू मडारिएका र भाँचिएको आधारमा ठाकुरलाई लछारपछार पारी मुङ्ग्रोले हानेर हत्या गरेको हुनसक्ने रेग्मीले जनाए।  


Update:

आफ्नै छिमेकीको हत्या गरेर फरार भएका महोत्तरीको गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साह पक्राउ परेका छन्। गौशाला–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुरको हत्या गरी फरार भएका आरोपी साहलाई घटनाको तीन दिनपछि बुधवार प्रहरीले पक्राउ गरेको हो।  दुवै जना सँगसँगै हिँड्ने र सँगै रक्सी खाने गरेका ठाकुर साह गत आइतवार (वैशाख–२८ गते) दिनभरीसँगै रक्सी खाएर मातेपछि भनाभन गर्दै मकैबारीमा पसेका थिए।  त्यहीँ नै भनाभन बढ्दै जाँदा हातमा बोकेको बाँसको लठ्ठीले ठाकुरलाई साहले हान्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।   घटनालगत्तै फरार भएका साहलाई इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीसहितको टोलीले घटनाको तीन दिनपछि लुकिरहेको ठाउँबाट पक्राउ गरेको हो।  पक्राउ गरिएका साहले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ।  साहलाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराइ म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। कुनै नियोजित षड्यन्त्र बेगर नै रक्सी खाएर मातेपछि घटना भएको अहिलेसम्मको अनुसन्धानले खुलेको प्रहरीले जनाएको छ। 



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports