Incident Reports

यातनादिने पति विरुद्ध प्रहरीमा उजुरी l

2014-02-19

Madhes, Dhanusha, Chhireshwornath

Binod Kumar Rabidas दिगम्बरपुर गाविस-६ की ३० वर्षीया रीतादेवी दासलाई पति ३५ वर्षीय जीतन दासले कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा फागुन ८ गते पीडितले जाहरी दिएकी छन् । एक वर्षअघि भारत जयनगरकी २१ वर्षीया पिङ्कीसँग दास दोस्रो विवाह गरी आफूलाई पटक-पटक कुटपिट गर्ने गरेकोमा फागुन ७ गते पुनः कुटपिट गरी खान लाउन नदिई घरबाट समेत निकालेपछि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको पीडितले बताइन् । प्रहरीले आरोपित जीतनलाई गिरफ्तार गर्न फागुन ८ गते नै प्रहरी खटाएको महिला सेलले जनाएको छ । विनोदकुमार रविदास

0 Comments

Related Reports
Related Trend Analysis