2020-05-12
काठमाडौं- सर्वोच्च शिखर सगरमाथाबारे चिनियाँ मिडियाले भ्रम छरेको भन्दै बाराका युवाहरुले चीनविरुद्ध प्रदर्शन गरेका छन् ।
बाराका स्थानीय युवाहरु मंगलबार राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएका हुन । उनीहरुले चीन विरोधी नारा लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्दा समेत दहन गरे । ‘गो ब्याक चाइना’ लेखिएका प्ले कार्डसहित उनीहरु चीनविरूद्ध प्रदर्शन गरेका हुन् ।
२ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटरमा चोमोलोङमाको चुचुरोमाथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्बिर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको थियो ।
सो विषयलाई लिएर उनीहरुले विरोध जनाएका हुन् । यही विषयमा नेपालीहरुले सामाजिक सञ्चालमा चीनको विरोध जनाइरहेका छन् । गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको हो । उनीहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिएका छन् ।
Violent / Non-violent | Nonviolent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Demonstration |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 10 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Foreign State |
Actor 2 - Youth | na |