Incident Reports

सीमा अतिक्रमणको विरोधमा नेविसंघको राँके जुलुस 

2020-05-13

Gandaki, Lamjung, Besishahar

नेपाल विद्यार्थी संघ लमजुङले राँके जुलुस निकालेको छ । भारतले नेपालको कालापानी क्षेत्र अतिक्रमण गरेर सडक खनेको  विरोधमा  राँके जुलुस निकालेकाे हाे । नेविसंघले सदरमुकाम बेसीशहरमा बुधबार साँझ अतिक्रमण विरुद्ध विरोध प्रर्दशन गरेको हो । 

भिमसेनथानबाट सुरू भएकाे राँके जुलुस शेरा पुगेर कोणसभामा परिणत भएको थियो ।  कोणसभामा बोल्दै  नेविसंघ लमजुङका उपसभापति दिपक अधिकारीले अतिक्रमित नेपाली भूमि फिर्ता गर्न सरकारले कुटनीतिक पहल नगरेको र आफ्नो भूमि मिचिदा समेत सरकार उदासिन बनेको आरोप लगाए । उनले भने, 'सरकारले छिटोभन्दा छिटो कुटनीतिक पहल गरी अतिक्रमित भूमि फिर्ता गर्नुपर्छ ।' 

पुत्ला दहन

सरकारको उदासिनता र भारतीय हस्तक्षेप विरुद्ध वुधबार साँझ नै नेविसंघले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन  गरेको छ ।

भारतले एकतर्फी रुपमा सडक सञ्जाल निर्माण गर्दा समेत सरकार उदासिन देखिएकाले प्रधानमनमन्त्रीको पुत्ला दहन गरिएको नेविसंघ लमजुङका उपसभापति अधिकारीले बताए ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments