Incident Reports

बोक्सीको आरोपमा कुटपिट गर्ने आरोपितहरू धरौटीमा रिहा l

2014-02-24

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

Nati Babu Dhital गाउँकी एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गरेका आरोपितहरू कदमबास गाविस-१ का २८ वर्षीया मिश्रीमायाँ श्रेष्ठ, सोही ठाउँका ४६ वर्षीया नन्दमायाँ श्रेष्ठ, ६१ वर्षीय लोकबहादुर श्रेष्ठ र ६४ वर्षीय जुजुमान श्रेष्ठलाई फागुन ११ गते जिल्ला अदालतले ३०/३० हजार धरौटीमा रिहा गरेको छ । आरोपितहरूले कदमबास गाविस-१ की ६८ वर्षीया मोहनमायाँ श्रेष्ठलाई माघ २१ गते बेलुका बोक्सीको आरोपमा कुटपिट गरी घाइते बनाएका थिए । पीडितको माघ २२ गते काठमाडौँको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भएको थियो । उपचारबाट फर्केर पीडितले माघ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । पीडितको उजुरीपछि प्रहरीले आरोपितहरूलाई माघ २८ गते गिरफ्तार गरेको थियो । २८ वर्षीया मिश्रीमाया श्रेष्ठ बिरामी भएपछि उपचारको लागि ६४ वर्षीय धामी जुजुमान श्रेष्ठकोमा पुर्‍याएकोमा धामीले मोहनमायाँले बोक्सीको मन्त्र लगाएर बिरामी गराएको भनेपछि आरोपितहरूले पीडितको घरमा गएर कुटपिट गरेको पीडितको आरोप थियो । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis