Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-05-13

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 8

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चौतारा साँगाचोकगढी नगरपालिका–८ इर्खु चिलाउनेका ६६ वर्षीय गणेशबहादुर थापालाई घरबाटै जेठ १ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले वैशाख ३१ गते पीडितको घरमा गएर घरका अरु सदस्य कोही नभएको अवस्थामा सय रुपियाँको नोट दिएर फकाउने प्रयास गरी यौन दुर्व्यवहार गरेको पीडितका बावुले बताउनु भयो ।

पीडितले जेठ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले बताउनु भयो । डिएसपी काफ्लेका अनुसार पीडितको स्वास्थ्य परीक्षण चौतारा अस्पतालमा जेठ १ गते गरिएको छ भने आरोपितलाई अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments