Incident Reports

बलात्कार घटनाका आरोपित भारतीय नागरिक गिरफ्तार

2020-03-23

१४ वर्षीया बालिकालाई जेठ १ गते भारतको नैनीताल जिल्ला तहसिल खटिमा घरभइ दार्चुलामा सिलाइ व्यवसाय गर्दै आएका ३२ वर्षीय गुरूदेव रानाले बलात्कार गरेको आरोपमा प्रहरीले जेठ १ गते गिरफ्तार गरेको छ ।

विवाह गर्छु भन्दै आफूलाई ०७६ चैत १० गतेदेखि रानाले कोठामा राखेर बलात्कार गरेको भन्दैै पीडित बालिकाले जेठ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी जबर्जस्तीकरणी अन्तर्गत जेठ २ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर सुरेन्द्रप्रसाद जोशीले बताउनु भयो ।

जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर जोशीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २ गते जिल्ला अस्पताल, दार्चुलामा गरिएको प्रहरीले जनाएको छ ।

नरेन्द्रसिह कार्की

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments