Incident Reports

घरेलु हिंसापीडित महिला उपचारका लागि अस्पताल भर्ना

2020-05-13

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 1

चौतारा साँगाचोकगढी नगरपालिका–१ की ३६ वर्षीया देवी लामालाई पति ४० वर्षीय आशिष लामाले ०७७ वैशाख ३१ गते बेलुका कुटपिट गरेर घाइते बनाएपछि पीडितलाई चौतारा अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ ।

पतिले घरको ढोका थुनेर पिर्काले कुटपिट गरेर घाइते बनाएपछि छिमेकीसँग गुहार मागेर बाँचेको पीडितले बताउनु भयो । पीडितलाई स्थानीय छिमेकीको सहयोगमा उपचारको लागि चौतारा अस्पताल लगिएको थियो ।

पीडितको सोही दिन बेलुका जिल्ला प्रहरी कार्यालयमार्फत चौतारा अस्पतालमा घाउजाँच तथा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

पीडितको उपचारपछि आरोपित विरुद्ध उजुरी लिएर दर्ता गरिने डिएसपी काफ्लेले बताउनु भयो । डिएसपी काफ्लेले आरोपितलाई प्रहरी निगरानीमा राखिएको र उपयुक्त समयमा घटनाको अनुसन्धान गरिने बताउनु भयो ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments