Incident Reports

बिस्फोटनमा घाइते भएकाहरूको उपचार हुँदै

2014-02-25

Karnali, Jajarkot, Chhedagad

Vivek Dhungana जाजरकोट जिल्लादशेर गाविस-३ मा फेला परेको पाइप प्रयोग गरी ओदान बनाउने क्रममा बम विस्फोट हुँदा घाइते भएका स्थानीयहरूको काठमाडौँ स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल र वीर अस्पताल पुगेका इन्सेक जिल्ला प्रतिनिधिले उनीहरूको उपचार सम्बन्धी जानकारी लिएका हुन् । घाइते सबैको अनुहार र हात-खुट्टाजलेको पाइएको छ । पीडितहरूले उचित क्षतिपूर्तिको लागि सरकारसँग माग राखेका छन् । फागुन ८ गते विहान भएको बम विस्फोटमा परी दशेरा गाविस-३ का ३३ वर्षीय नरसिंह थापा, ३५ वर्षीय भक्तबहादुर चुनदारा, ५२ वर्षीय कमारा चुनदारा, ५५ वर्षीय जोखे थापा, मनबहादुर थापा र १५ वर्षीय नैनबहादुर नेपाली घाइते भएका थिए । घाइतेमध्ये कमारा चुनदाराको फागुन ९ गते राती उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भयो भने बाँकी अन्यको उपचार भइरहेको छ । घाइते जोखे थापालाई वीर अस्पतालको ब्रन वार्डमा राखेर उपचार गरिएको छ भने बाँकी सबै त्रिवि शिक्षण अस्पतालको सर्जिकल र ब्रन वार्डमा उपचार भइरहेको छ । बम विस्फोट भएकै दिन घाइते सबैलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis