Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-05-14

Province 1, Dhankuta, Dhankuta, Ward 6

१३ वर्षीया बालिकालाई प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा प्रहरीले जेठ २ गते तीन जनालाई गिरफ्तार गरेको छ । एक जना भने फरार रहेको प्रहरीले जनाएको छ ।

१३ वर्षीया बालिकालाई प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका–६ का गौरी अत्री,देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई जेठ २ गते गिरफ्तार गरेको हो ।

सोही घटनामा सलंग्न भएको आरोपमा धनकुटा नगरपालिका –६ स्थित गोकुण्डेश्वर माविका शिक्षक मदन अधिकारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ध्रुवकुमार श्रेष्ठले बताउनु भयो ।

आरोपित चार जना विरूद्ध पीडित पक्षले जेठ १ गते प्रहरीमा उजुरी दिएपछि गिरफ्तार गरेको डिएसपी श्रेष्ठले बताउनुभयो ।

पीडित बालिकाको जिल्ला अस्पतालमा जेठ १ गते स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणका क्रममा बालिका गर्भवती रहेको रिपोर्ट आएकाले आरोपितहरू विरूद्ध यौन शोषण शीर्षकमा मुद्दा चलाइने डिएसपी श्रेष्ठले बताउनुभयो ।

ईश्वर थापा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments