Incident Reports

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-05-13

Gandaki, Parbat, Phalebas, Ward 1


जिल्ला अस्पताल पर्वतमा कार्यरत स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा ३५ वर्षीय अरूण पौडेललाई जिल्ला प्रहरी कार्यालय पर्वतले गिरफ्तार गरेको छ ।

फलेबास नपा–१ कार्कीनेटाका पौडेल जिल्ला अस्पताल पर्वतमा बच्चाको उपचारका लागि वैशाख ३१ गते आएका थिए ।उहाँले स्वास्थ्यकर्मीले बालकको रेखदेखमा नियमित वार्डमा नआएको भन्दै गालीगलौज र हातपातको प्रयास गरेका थिए ।

कोरोना महामारीको बेला अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि वैशाख ३१ गते बिहान अरूण पौडेलले हातपात गर्न खोजेको र अपशब्द प्रयोग गरी गालीगलौज गरेको भन्दै कारवाहीको माग गर्दै जिल्ला अस्पताल पर्वतका प्रमुख डा. शिशिर देवकोटाले वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा मौखिक उजुरी दिनुभएको थियो ।

प्रहरीले सोही दिन आरोपितलाई गिरफ्तार गरी बच्चाको उपचार पश्चात जिल्ला प्रहरी कार्यालय पर्वतमा हाजिर हुने गरी तारेखमा छाडिएको इन्स्पेक्टर विकास थापाले जानकारी दिनुभयो ।

सन्तोष थापा

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
INSEC

0 Comments

Related Reports