2020-05-15
दैलेख, ३ जेठ ।
भारतले लिपुलेकमा सडक निर्माण गरेको प्रसंगमा सदरमुकाममा शुक्रवार साँझ राँके जुलुस गरेको आरोपमा नेपाल विद्यार्थी संघका १६ जना जिल्ला नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ । लकडाउन उलंघन गरेको कारण उनीहरुलाई नियन्त्रणमा लिई छाडिएका दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए । लकडाउन उलंघनको आरोपमा नियन्त्रणमा लिइएका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य लोकेश आचार्य, जिल्ला सभापति मौसम थापा लगायतका १६ जना नियन्त्रणमा रहेकामा नेपाली काँग्रेसका पार्टी सचिव भूपेन्द्र शाहीको जिम्मा छाडिएको नारायण क्याम्पसका पूर्व स्ववियू सभापति बिनोद श्रेष्ठले बताए ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 16 |
Actor 1 - Affiliations | Nepali Congress and affiliated org |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Foreign State |
Actor 2 - Youth | na |