Incident Reports

सात वर्षीया बालिका बलात्कृत l

2014-02-23

Province 1, Morang, Belbari

Sukdev Chaudhary एक ७ वर्षीया बालिकालाई झापा जिल्ला सुरुङ्गा गाविस १ घर भई बेलबारी गाविस ४ बस्ने २० वर्षीय दिनेश दनुवारले फागुन ११ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले सोही दिन इलाका प्रहरी कार्याल्य बेलबारीमा जाहेरी दिएको छ । बेलबारीमा रिक्सा चलाउँदै आएका दनुवारले बालिकालाई एक्लै भएको अवस्थामा ललाई-फकाई बलात्कार गरेको पीडित परिवारले जाहेरीमा उल्लेख गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीले आरोतिलाई सोही दिन उजुरीका आधारमा गिरफ्तार गरेको जनाएको छ । पीडितको फागुन ११ गते नै धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी थप उपचार भई रहेको प्रहरीले जनायो । घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर नवराज कार्कीले बताएका छन् । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis