Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-05-15

Gandaki, Parbat, Kushma, Ward 1

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कुश्मा नगरपालिका –७ खरेहाका ६५ वर्षीय रमाकान्त शर्मालाई जेठ २ गते गिरफ्तार गरेको छ ।

आरोपितको पसलमा सामान खरिद गर्न गएको बेला पीडितलाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध प्रहरीमा जेठ २ गते राति उजुरी दिएका थिए ।

आरोपितलाई सोही दिन राति गिरफ्तार गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर विकास थापाले जानकारी दिनुभएको छ ।

उहाँले जेठ ४ गते जिल्ला अदालत पर्वतबाट घटनाको अनुसन्धानका लागि ६ दिनको समय थप गरिएको र आरोपितविरूद्ध बाल यौन दुरूपयोग शीर्षकमा मुद्दा दर्ता गरिने बताउनुभएको छ ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २ गते जिल्ला अस्पताल पर्वतमा गरिएको इन्स्पेक्टर थापाले जानकारी दिनुभएको छ ।

सन्ताेष थापा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC , National/Online Media

0 Comments