Incident Reports

जनप्रतिनिधिमाथि कुटपिट

2020-05-17

Karnali, Rukum West, Aathbiskot, Ward 10

आठविसकोट नगरपालिका वडा नम्बर १० का वडा सदस्य ३२ वर्षीय धनबहादुर कुसारी र वडाध्यक्ष ४३ वर्षीय गंगाराम चनारा माथि ०७७ जेठ ४ गते कुटपिट भएको छ । नगरपालिकामा सामाजिक सुरक्षाको पेस्की फर्छ्यौट गरेर आफुहरु कामको लागि खाद्यान्न कार्यक्रम अन्तरगत काम भैरहेको स्थान बैरीदमार जादै गर्दा बाटोमा कुटपिट भएको वडाध्यक्ष चनाराले जानकारी दिनुभयो ।

कुटपिट गर्नेमा आठविसकोट नगरपालिका वडा नम्बर ९ निवासी २२ वर्षीय ललीत चन्द र आठविसकोट नगरपालिका वडा नम्बर १० निवासी चिरन्जिवी कुसारी रहेका छन् । बिनाकारण लकडाउनको समयमा सरकारी मोटरसाईकल प्रयोग गरेको निहुमा आफुलाई कुटपिट गरेको वडाध्यक्ष चनाराको भनाई छ । कुटपिटबाट सामान्य चोटपटक लागेका अध्यक्ष चनाराले साँझ प्रहरीलाई उजुरी दिने बताउनुभयो ।

हातपात गर्ने दुवै जना फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठकबहादुर केसीले जानकारी दिनुभयो । कार्यालयको कामकै सिलसिलामा वडाध्यक्ष र वडा सदस्यमाथि कुटपिट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आठविसकोट नगरपालिकाले बिज्ञप्ति निकालेको छ ।

मनिषा केसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Others types of mob justice
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 2
INSEC

0 Comments

Related Reports