Incident Reports

जुफाल विमानस्थलमा पाइप बम फेला l

2014-02-24

Karnali, Dolpa, Thuli Bheri

Bishnu Prasad Devkota डोल्पाको जुफाल विमानस्थलको टर्मिनल भवन नजिक रहेको सरस्वती मन्दिरको पर्खाल भएको ठाउँमा फागुन १२ गते आठ इन्च लामो पाइप बम फेला परेको छ । सशस्त्र द्वन्द्वको समयमा विमानस्थल सुरक्षार्थ रहेका नेपाली सेनाले विछ्याएको बम विमानस्थको धावनमार्ग बिस्तार गर्ने क्रममा फेला परेको हो । विमानस्थलमा बम फेला परेपछि केही समय जुफाल विमानस्थल क्षेत्र तनावग्रस्त रहेको थियो भने नेपालगञ्ज जानका लागि विमानस्थल आएका यात्रुहरुको भागाभाग भएको थियो । बम फेला परेको खबरपछि दुनैबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्कृय बनाएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । नेपाल बारुदी सुरुङ क्षेत्र मुक्त घोषित भइसके पनि युद्धकालिन विस्फोटक पदार्थबाट जोखिम मुक्त भइनसकेको विभिन्न घटनाक्रमले देखाएको छ । केही दिन अघि जाजरकोट जिल्लामा भएको बम विष्फोटनमा घाइते कमारो चादराको उपचारका क्रममा शिक्षण अस्पताल काठमाडौंमा दुई दिन अघि मृत्यु भएको थियो । विष्णुप्रसाद देबकोटा

0 Comments

Related Reports
Related Trend Analysis