Incident Reports

बालकलाई यातना दिएको अरोपमा चार जना गिरफ्तार l

2014-02-27

Province 1, Sunsari, Itahari

Shekhar Dhakal चोरीको आरोपमा बालकलाई यातना दिएको आरोपमा इटहरी नपा-२ का दुईजना र हासपोसा गाविस-१ का दुई जना गरी चार जनालाई फागन १५ गते प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा इटहरी नपा-२ का ४७ वर्षीय बिदुर अधिकारी र ४५ वर्षीय पूर्णबहादुर राई तथा हासपोसा गाविस-१ का ४१ वर्षीय यज्ञबहादुर मगर र भरत मगरलाई इलाका प्रहरी कार्यालय इटहरीले गिरफ्तार गरेको हो । पीडित बालकका बाबु भद्रबहादुरले आरोपितहरू विरुद्ध जाहेरी दिएपछि उनीहरूलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी विद्यानन्द माझीले बताए । उनले आरोपितलाई हिरासतमा राखि घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् । चोरी गरेको आरोपमा इटहरी नपा-२ का ११, १२ र १३ वर्षीय तीन जना बालकलाई फागुन १० गते स्थानीयले एउटै बाँसमा बाँधेर आपगाछी चौकमा यातना दिएका थिए । यातनापछि घरबाट भागेर हिँडेका उनीहरूलाई फागुन १२ गते राती प्रहरीले इनरुवा बजारबाट नियन्त्रणमा लिएको थियो । उनीहरूलाई अहिले इटहरी नपा-५ मा रहेको 'भ्वाइस अफ चिल्ड्रेन' नाम गैरसरकारी संस्थाले आफ्नो संरक्षणमा राखेको छ ।

0 Comments