Incident Reports

सबितालाई हत्या गरी फाँसी झुण्डयाइदिए : परिवारजन

2020-05-15

Madhes, Mahottari, Jaleswor, Ward 11

 न्यूज ब्यूरो, जनकपुरधाम । गत जेठ २ गते शुक्रबार महोत्तरीकी एक युवतिलाई हत्या गरी झुण्डाएको आरोप परिवारजनले लगाएको छ ।  प्रदेश नं. २ को महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ११ लोचना टोल बस्ने अन्दाजी बर्ष २८ की सबिता ठाकुरलाई हत्या गरी फाँसी (पासो) लगाइदिएको आरोप माईती पक्षले लगाएको छ ।  सबितालाई निर्घात कुटपिट गरी हत्या गरी झुण्डयाइदिएको मृतक सबिताकी जेठा दाजु शिवजी ठाकुरले जनाएका छन् । न्यूज ब्यूरोसँग कुराकानी गर्दै ठाकुरले आफ्नो बहिनीको हत्या गरी आत्महत्याको साबित गर्न खोजेको आरोप लगाएका छन् ।  करिब १३ वर्ष अघि वैवाहिक बन्धनमा बाँधिएको सबितालाई विगत कैयौं महिनादेखि चरम यातना दिदै आएका उनका श्रीमान मनोज ठाकुरले उनलाई कुटपिट गरी हत्या गरेको आरोप माइती पक्षको छ । यसअघि मलेसिया बस्दै आएका मनोज मलेसियामै अत्यधिक रक्सी सेवन गर्दै आएको र रक्सीको लत्त लागेको बताइएको छ ।  

 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments