Incident Reports

बझाङमा बालिका बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक पक्राउ, अर्का अझै फरार

2020-02-24

Sudurpashchim, Bajhang, Durgathali, Ward 4

बझाङमा मानसिक सन्तुलन गुमाएकी दुर्गाथली ४ की एक किशोरीमाथि जबरजस्तीकरणी गरी गर्भवती बनाएको आरोप लागेका एक जना पक्राउ परेका छन्। सोमबार राति आफ्नै घरमा लुकेको अवस्थामा आरोपीत मध्येका बसन्त ओली पक्राउ परेका हुन्।

गत फागुन १२ मा पिडित किसोरीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकै दिनदेखि फरार रहेको प्रहरीले जनाएको छ। अर्का आरोपित शिक्षक शिवराज जोशी भने अझैं पक्राउ परेका छैनन्। प्रहरीले उनीहरु घर वरिपरि नै घुमिरहँदा पक्राउ गर्न नसेको आरोप लागिरहेका बेला ४ महिनापछि मात्रै शिक्षक बसन्त ओली सोमबार राति पक्राउ परेका हुन्।

अर्का आरोपित शिक्षक शिवराज जोशीको पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई कानुन अनुसार कारबाही हुनुपर्ने र सुरुमा डिएनए चेक गर्नुपर्ने महिला अधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशीको भनाई छ।

यता पिडित किसोरीले बच्चा जन्माएको एक महिना बित्नै लागेको छ। उनले जन्माएको बच्चा स्वस्थ रहेको र उनलाई महिला अधिकार मञ्चको सेफ हाउसमा राखिएको छ।

पीडित किशोरीले फागुन १२ गते जिल्ला प्रहरी कार्यालयमा आँफूलाई बाजे पर्ने दुर्गाथली गाँउपालिका–४ थलीचौर माविका शिक्षक शिवराज जोशी र अर्का दाई नाता पर्ने भैरव आधारभूतका शिक्षक बसन्त ओलीले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी छन्। शिक्षकद्वयले करणी गरेको बारेमा कसैलाई बताएमा मारिदिने डर देखाएकाले लामो समयसम्म भन्न नसकेकी पीडित किशोरीको भनाइ छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments