Incident Reports

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

2020-05-20

Lumbini, Banke, Nepalgunj, Ward 21

प्रहरीलाई हातपात तथा कुटपिट गरेको अभियोगमा नेपालगंज उपमहानगरपालिका-२१ बस्ने ३० वर्षीय दुर्गेस ठाकुरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित पुरैनिमा जग्गा सम्बन्धी विवादमा संलग्नहरुलाई सम्झाई बुझाई गरी फर्किएको प्रहरी टोलीलाई देखेर सोही ठाउँस्थित आँप बगैंचामा तास खेलिरहेका एक व्यक्ति आफै भाग्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको भन्दै स्थानियले प्रहरीमाथि हातपात र कुटपिट गर्दा प्रहरी चौकी तेलियनपुरमा कार्यरत एक प्रहरी जवान समेत घाइते भएका थिए । लडेर घाइते भएका स्थानीयको भेरी अस्पताल नेपालगंजमा सामान्य अवस्थामा उपचार भइरहेको छ भने घाइते प्रहरी जवान नर्सिंङहोम नेपालगंज बाँकेमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 1
Police website

0 Comments

Related Reports