Incident Reports

छोरी जन्माएको भन्दै पतिद्वारा घर निकाला l

2014-02-25

Province 1, Morang, Biratnagar

Sukdev Chaudhary विराटनगर उमनपा-११ की ३० वर्षीया फूलकुमारी साहलाई पतिले छोरी जन्माएको भन्दै घर निकाला गरेपछि पीडितले फागुन १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पछिल्लो कुटपिटको घटना फागुन १० गते भएको थियो । छोरी मात्र जन्माएको भन्दै पति ३५ वर्षीय नरेश साहको निरन्तर शारीरिक तथा मानसिक यातनापछि ज्यान जोगाउनका लागि घर छोडेको पीडितले बताइन् । घर छोडेपछि पीडित विराटनगर उमनपा-११ कै चिनजानको दुर्गा श्रेष्ठको घरमा आश्रय लिनपुगेकी छन् । आफू अरुको घर सफाइ गरेर छोरी तथा आफ्नो जीविकोपार्जन गर्दै आएको तर पतिमार्ने धम्की दिएपछि बाध्यभएर घर छोड्नु परेको उनको भनाइ छ । आफू घर छोडेसँगै छोरीहरू भोकभोकै भए भन्ने चिन्ताले सताइरहेको पीडितले बताइन् । उनका अढाइ, चार र आठ वर्षका तीन ओटी छोरीहरू छन् । घर छोडेदेखि नै आरोपित पति परिवारको सम्पर्क बाहिर रहेको प्रहरीको भनाइ छ । घटनाको सम्बन्धमा आरोपित नरेशलाई खोजतसाल गर्न प्रहरी परिचालन गरी सकेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्वराज पोखरेलले बताए सुकदेव चौधरी

0 Comments

Related Reports
Related Trend Analysis