Incident Reports

श्रीमानलाई खुकुरी प्रहार गर्ने श्रीमती पक्राउ

2020-05-21

सोलुखुम्बु । सोलुखुम्बुमा आफ्नै श्रीमानालाई खुकुरी प्रहार गरेको आरोपमा १ महिला पक्राउ परेकी छिन् । जिल्लाको सोताङ गाउँपालिका बस्ने ४६ वर्षीया परीमाया राई आफ्नै श्रीमानलाई खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेकी हुन् । 

उनले बिहीबार दिउँसो साढे ३ बजे घरमा बसिरहेका ४५ बर्षीय श्रीमान् प्रताप सिंह राईकाे टाउकोमा खुकुरी प्रहार गरेकी थिइन् । 

खुकुरी प्रहारबाट घाइते भएका प्रतापको स्थानीय प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । मदिरा खाएर घरमा आएकी परीमाया श्रीमानलाई खुकुरी प्रहार गरी फरार भएकी थिइन् । 

तत्काल प्रहरीमा खबर हुनासाथ उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports