Incident Reports

राहत वितरणका विषयमा विवाद हुँदा झडप, १९ जना घाइते

2020-05-22

Madhes, Siraha, Naraha, Ward 1

सिराहाको नरहा गाउँपालिका– १ देवीपुरमा राहत वितरणको विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् ।

घाइतेमध्ये चारजनालाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । नरहा– १ देवीपुरका फौदार मण्डल, रामजीवन मण्डल, परमिलादेवी कामती र रामचन्दर यादवलाई थप उपचारका लागि रेफर गरिएको उपचारमा संलग्न चिकित्सक डा. दिलीप सदाले बताए ।

घटनामा सञ्जय यादव, रामअवतार मण्डल, अधिकलाल यादव, नन्दु मण्डल, विनोद राय, रामअवतार मण्डल, जिवछ यादव, राजदेव मण्डल र चुमन चौधरी घाइते भएका छन् । त्यसैगरी दुःखी चौधरी, शिवकुमार चौधरी, अर्जुन राय, गुणे चौधरी, कलेदेव चौधरी र अजयकुमार चौधरी पनि घाइते भएका छन् ।

वडा कार्यालयले गत १५ र १६ वैशाखमा राहत वितरण गरेको विषयमा भएको विवाद लम्बिँदै जाँदा त्यसले शुक्रबार उग्र रूप लिएको हो । सात सयजनालाई राहत वितरण गर्ने भनिए पनि पाँच सय १७ जनालाई मात्र दिएर आफ्ना पक्षका मान्छेहरूलाई छुटाइएको भन्दै नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले विरोध गर्दै आएको थियो ।

राहत वितरणकै विषयलाई लिएर शुक्रबार दिउँसो नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता वडा कार्यालय पुगेका थिए । ‘छुटेका परिवारलाई राहत दिनुपर्ने उनीहरूको माग थियो,’ वडाध्यक्ष साहले भने, ‘यही विषयमा कुराकानी हुँदै गर्दा मेरो छातीमा पेस्तोल ताकेपछि झडप भएको हो ।’

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी विनोद घिमिरेले राहत वितरणको विषयमा नेकपा र कांग्रेस तथा जनता समाजवादीका कार्यकर्ताबीच झडप भएको बताए । दुवै पक्षले बन्दुक बोकेको कुरा आए पनि पुष्टि भने भइनसकेको भन्दै उनले घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Contestation between rival political parties outside elections
Secondary Cause Government Relief
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org , Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people 50
Actor 2 - Affiliation NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
Total Injured 19
Female Injured 1
National/Online Media

0 Comments