Incident Reports

डिल्लीबजार कारागारमा झडप

2020-05-24

Bagmati, Kathmandu, Kathmandu

११ जेठ, काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ ।

चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको कारागार स्रोतको भनाइ छ । सामान्यताः कारागारका एक/एक वर्षमा चौकीदार परिवर्तन हुने भए पनि डिल्लीबजारमा डेढ वर्ष हुन लाग्दा फेरिएका छैनन् ।

यद्यपि, काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले क्यान्टिनमा उधारोमा सामान दिन छाडेपछि समस्या सिर्जना भएको बताएका छन् ।

‘लकडाउनले आफन्त पनि भेट्न आएनन्, पैसा पनि सिद्धियो’, उनले अनलाइनखबरसँग भने, ‘क्यान्टिनमा पनि समस्या भएपछि विवाद भएको हो ।’

अहिले कारागार क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

एक जना घाइते 

घटनामा जबरजस्तीकरणी सम्बन्धी कसूरका शमशेर तामाङ घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

हाल तामाङलाई वीर हस्पिटल लगिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीकी एसएसपी किरण बज्राचार्यले अनलाइनखबरसँग बताइन् ।

थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Criminal
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments