Incident Reports

बोक्सीको आरोपमा कुटपिट गर्ने आरोपीहरुलाई तीन महिना कैद र जरिवाना l

2014-02-25

Madhes, Siraha, Lahan

Durga Pariyar बोक्सीको आरोपमा कुटपिट गर्ने आरोपीहरुलाई जिल्ला अदालत सिरहाले जनही तीन महिना कैद र ५ हजार रुपियाँ जरिवानाको फैसला गरेको छ । जिल्ला अदालत सिरहाका न्याधीश उद्धव प्रसाद भट्टराईको एकल इजलाशले फागुन ११ गते सो फैसला गरेको सिरहाका सहायक सरकारी वकिल मुन्नाले बताए । ढोढना गाविस-२ की ४४ वर्षीया डोमनीदेवी चौधरीलाई ०६९ माघ २३ गते कथित बोक्सीको आरोपमा स्थानीय ३० वर्षीय रमानन्द चौधरी, ३२ वर्षीय उमाकान्त चौधरी, ३२ वर्षीय शोभा चौधरी, २७ वर्षीय नैनदेवी चौधरी र हिरादेवी चौधरीले कुटपिट गरेको भन्दैा पीडितले इलाका प्रहरी कार्यालय लहानमा ०६९ माघ २४ गते उजुरी दिएकी थिइन् । कुटपिटबाट मरणासन्न भएकी पीडितलाई माघ २३ गते उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा लगिएको थियो । टाउको र शरीरका संवेदनशील अंगहरुमा कुटपिट गरिएकी पीडितको हातको माझी औंला भाँचिएको थियो । घटनामा संलग्न आरोपितहरुलाई प्रहरीले ०६९ माघ २७ गते गिरफ्तार गरेको थियो । ०६९ फागुन १३ गते जिल्ला अदालतबाट अभियुक्तहरु १० हजार रुपियाँ धरौटीमा रिहा भएको इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर सन्तोष निरौलाले बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis