Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-02-22

Bagmati, Sindhupalchok, Sunkoshi, Ward 7

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनकोशी गाउँपालिका–७ का १८ वर्षीय बालकलार्ई प्रहरीले जेठ १० गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितको तर्फबाट पीडितका बुबाले जेठ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकोमा जेठ ९ गते उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७६ फागुुन १० गते खाँडीचौर स्थित एक गेष्टहाउसमा लगेर बलात्कार गरको पीडितपक्षको आरोप छ । पीडितको स्वास्थ्य परीक्षण जेठ ९ गते चौतारा अस्पतालमा गरिएको डिएसपी काफ्लेले बताउनु भयो ।

घटना भएको नौ हप्तासम्म पीडितलाई घटना लुकाउन आरोपितले बाध्य पारेकोले तत्काल घटना कसैलाई पनि जानकारी हुन नसकेको र हाल पीडितको स्वास्थ्यमा समस्या आएपछि पीडितलाई चौतारा अस्पताल पु-याउदा पीडितको नौ हप्ताको गर्भ समेत रहेको चिकित्सको भनाइबाट घटना खुलेको जिल्ला समन्वय समितिका सदस्य सकुन्तला माझीले बताउनु भयो ।

पीडितको चौतारा अस्पतालमा उपचार गरि जेठ १० गते अस्पतालबाट डिस्चार्ज गरिएको जिल्ला समन्वय समितिका सदस्य माझीले बताउनु भयो ।

आरोपितलाई अहिले प्रहरी चौकी लामोसाँघुमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments