Incident Reports

प्रहरीद्वारा सर्वसाधारणलाई कुटपिट l

2014-02-28

Madhes, Bara, Jitpur Simara

Laxmi Sah 'निर्देशन' नमानेको भन्दै हरैया गाविस-३ का एक दलित परिवारका पाँच जनालाई प्रहरीले फागुन १६ गते कुटपिट गरेको छ । प्रहरी चौकी मधुवनका प्रहरी सहायक निरीक्षक खगेन्द्र महतो र प्रहरी हवल्दार नवराज न्यौपानेले रिसको झोकमा बाँसको भाटाले कुटपिट गरेको पीडितहरूले बताए । प्रहरीले गरेका सर्वसाधारणमा ४५ वर्षीय श्रीचन पासवान, उनका छोरा २५ वर्षीय रामध्यान पासवान, २६ वर्षीय भान्जा सनी पासवानसहित पाँच जनालाई कुटपिट गरेको हो । घाइतेहरू कलैया अस्पतालमा उपचार गराई घर फर्केका छन् । प्रहरीकोट कुटपिटबाट श्रीचन, रामध्यान र सनी पासवानको ढाड, हत्केला, ह्वीपमा चोट छ । सनी पासवानको हत्केला फुटेको छ । उनको हत्केला भाटाले काटेर लगाएको कपडा रक्ताम्य भएको थियो । रामध्यानको ह्वीप र ढाडमा चोट छ । स्थानीयहरूको छलफलमा 'मेरी फुफूलाई विपक्षीले बाहिर कुट्न लाग्दा त्यसलाई जोगाउने क्रममा झडप भएपछि प्रहरीले हामीलाई तानेर ल्यायो र निहुँराएर दनादन कुट्न थाल्यो,' रामध्यानले भने, 'छलफलमा बसेकाहरू रोक्नै खोज्दा माननेन् । पछि कुटेर प्रहरीले आफै हामीलाई उपचार गराए ।' प्रहरी सहायक निरीक्षक महतोले निर्देशन नमान्दा कुट्नु परेको बताए । 'झगडा नगर्नु भन्दा नमानेर कुदेर झगडा गर्न पुगेपछि रिसको झोकमा समान्य कुटेको हुँ' उनले भने । प्रहरीले ज्याद्तीपुर्ण तरिकाले सबैको सामुने निर्घातकुटेको स्थानीय समाजसेवी दशरथ रामले बताए । एक साता अघि पनि असई महतोले घरेलु झगडा गरेको निहुँमा कुट्दा आफ्नो नाक फुटेको हरैया गाविस-३ का रमुद पासवानले बताए । लक्ष्मी साह

0 Comments

Related Reports
Related Trend Analysis