Incident Reports

युवती बलात्कार आरोपमा एक पक्राउ, चार फरार

2020-05-21

Bagmati, Bhaktapur, Madhyapur Thimi, Ward 6

युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । काभ्रे तेमाल गाउँ स्थायी घर भई हाल पुरानोठिमी बस्ने वर्ष २९ वर्षे कवाङ लामालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

मध्यपुरथिमि नगरपालिका–६ डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीले ८ जेठको साँझ अन्दाजी २० वर्षीय युवतीलाई ललाई फकाई र आर्थिक प्रलोभनमा पारी आफ्नो कोठामा लगी जबर्जस्तीकरणी गरेका थिए । उनले युवतीलाई घर जान नदिई लामासहित चारजनालाई कोठामा बोलाएर पालैपालो जबर्जस्ती करणी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए । 

बलात्कारमा संलग्न चारैजना फरार छन् । कवाङलाई पनि खोजतलास गर्दा पुरानोठिमीमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई हिरासतमा लिएर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरी फरार अभियुक्तहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments