Incident Reports

भरुवा बन्दुक पड्किँदा सिन्धुपाल्चोकमा एक बालकको मृत्यु

2020-05-25

Bagmati, Sindhupalchok, Jugal, Ward 2

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ ।

आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै घरमा लोड गरिराखेको भरुवा बन्दुक झिकी घरको पिँढीमा सँगै खेल्ने क्रममा अचानक भरुवा बन्दुक पड्किदा तामाङको घटनास्थलमै मृत्यु भएको हो । 

उनको पेटमा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

National/Online Media

0 Comments