Incident Reports

खाना माग्दा प्रहरीको लाठी

2020-05-25

Karnali, Surkhet, Birendranagar, Ward 14

गन्तव्यमा पुग्नका लागि चार दिनदेखि भोकभोकै यात्रा गरिरहेका यात्रुहरुलाई प्रहरीले कुटपिट गरेको छ। झापाबाट कालिकोटका लागि हिँडेको ना.३ख ५०९० नम्वरको बसका यात्रुहरुलाई वीरेन्द्रनगर–१४ को लादेमा प्रहरीले कुटपिट गरेको हो। प्रहरीको कुटाईबाट आठ जना यात्रुहरु घाइते भएका छन्।   प्रहरीले विना कारण कुटपिट गरेको भन्दै यात्रुहरुले सुर्खेत–दैलेख सडक अवरुद्ध गर्नुका साथै नारावाजी गरिरहेका छन्। झापाबाट हिँडेदेखि भोकै रहेका ६४ जना यात्रुहरुलाई कलाकार हरि विष्टले वीरेन्द्रनगरमा खानाको व्यवस्था गरेका थिए। वीरेन्द्रनगर–१४ को छेडा नजिकै खाना खानका लागि ओर्लिएका यात्रुलाई प्रहरीले लाट्ठी चार्ज गरेको थियो। प्रहरीको कुटाईबाट कालिकोटको महावै गाउँपालिका–१ कि अनुष्का शाही, राष्कोट नगरपालिकाका दिनेश चदारा, विन्दा बुढा, सान्नीत्रिवेणी गाउँपालिकाका कलबहादुर बुढालगायतका यात्रुहरु घाइते भएका छन्।   वीरेन्द्रनगर बजारबाट हाम्रा लागि प्याकेटमा खाना आइरहेकाले छेडा नजिकै गाडी रोकेका थियौं,’ घाइते यात्रु विन्दा बुढाले भनिन्, ‘एक्कासी प्रहरी आएर लाट्ठी र बुटले कुटपिट गर्न थाल्यो।’ प्रहरीले गाडी चालकसमेतलाई बाटोमा किन रोकेको भन्दै कुटपिट गरेको थियो।   झापाको पानीट्याङ्कीबाट शुक्रबार बेलुकी हिँडेका उनीहरु आइतबार विहान कर्णाली प्रदेशमा प्रवेश गरेका थिए। झापामै कोरोना परीक्षण गराएर रिपोर्टसहित आएका उनीहरुलाई प्रहरीले आइतबार दिनभर बबई नाकामा राखेको थियो। बेलुका वीरेन्द्रनगरको प्रवेशद्धार धुलियाबीटमा उनीहरुले सडकमै रात विताए। ‘आफ्नो प्रदेश प्रवेश गरेपछि हामीले पानी पनि खान पाएनौं,’ सान्नीत्रिवेणी गाउँपालिकाका सुरेश बमले भने, ‘सहयोगीले खाना दिन्छु भन्दा प्रहरीले लाट्ठी र बुटले हान्यो।’ चार दिनदेखि भोकैकोकै रहेका उनीहरु छेडामा गाडी रोक्ने वित्तिकै केही काफल र ऐँसेलु खान जंगल पसेका थिए। प्रहरीले रुख चढेकाहरुलाई ढुंगालेसमेत हान्यो। ‘केही बाटोमा थियौं, केही काफल र ऐँसेलु खाँदै थियौं,’ विन्दा बुढाले भनिन्, ‘मोटरसाइकलमा आएका प्रहरीले एक्कासी कुटपिट गर्न थाले।’   

उनीहरुले कुटपिटमा संलग्न प्रहरीलाई कारवाही, घाइतेको उपचार र हराएका सामानको क्षतिपूर्ति नदिँदासम्म सडक अवरुद्ध पार्ने चेतावनी दिएका छन्। दुई घण्टादेखि सुर्खेत–दैलेख सडक अवरुद्ध भइरहेपनि अहिलेसम्म संवाद र छलफलका लागि प्रहरी–प्रशासन घटनास्थलमा पुगेको छैन्। 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 8
National/Online Media

0 Comments