Incident Reports

दलित कीशोरीको शव झुन्डिएको अवस्थामा फेला , हत्या गरिएको माइती पक्षको दाबी ।

2020-05-23

Lumbini, Rupandehi, Devdaha, Ward 11

रुपन्देहीको देवदह नगरपालिका वडा ११ बड्की गुम्बाकी १५ वर्षीया दलित समुदायकी किशोरी अङ्कारा पासीले बेहुली बनेकै दिन जातीय विभेदको ज्यादती कै कारण झुन्डिएको अवस्थामा मृत भेटिएकी छिन्  । देवदहकी अङ्घिरा पासीले स्थानीय २२ वर्षीय वीरेन्द्र भरसँग प्रेम सम्बन्ध रहेको थियो । गत जेठ  ९  गते उनीहरुलाई स्थानीयले सँगै फेला पारेका थिए ।  त्यसपछि त्यस  वडाका वडाध्यक्ष अमरबहादुर चौधरी लगायतका समाजसेवीले ति किशोरीलाई  प्रेमी भर कै जिम्मा लगाएर घर पठाएका थिए ।

घरमा भित्रिएपछि भरकी आमाले लुछ्ने, कुट्ने, कपडा च्याति दिने गरेको बताइन्छ । अन्ततः शनिवार  सोही वडाको रोहिणी खोलाको रुखमा ती किशोरी झुन्डिएर मृत फेला परेको देवदह ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक महतले जानकारी दिए ।

यता, किशोरीका बाबु वलिराम पासीले भने छोरीको हत्या गरि सुनियोजित रुपमा रुखमा लगेर झुण्ड्याइएको दावी गरे । यस घटना वडाध्यक्ष चौधरी कै कमजोरीका कारण घटेको दलित अधिकारकर्मीहरूको आरोप छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Related to discrimination against Dalits
Secondary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments