Incident Reports

नवजात शिशुको हत्या, आमा पक्राउ

2020-05-25

Bagmati, Bhaktapur, Suryabinayak, Ward 5

भक्तपुर — भक्तपुरको सूर्यविनायक नगरपालिकामा नवजात शिशुको शव फेला परेको छ । आमाले नै शिशुको हत्या गरेर फालेको अनुसन्धानमा खुलेको छ । उदयपुरको उदयपुर गढी गाउँपालिका–१ घर भई सूर्यविनायक–५ घलाँते बस्ने २२ वर्षीया रमिला राईले शिशुको हत्या गरेकी हुन् । प्रहरीले सोमबार शिशुको मुखमा कपडा कोचिएको र सालनालसमेत नछुट्टिएको अवस्थामा शव फेला पारेको थियो ।  

अनुसन्धान गर्दै जाँदा आमाले नै शिशुको मुखमा कपडा कोचेर हत्या गरेको खुलेको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले बताए ।  

प्रहरीले रमिलालाई नियन्त्रणमा लिएको छ । २१ महिने छोरीसमेत रहेकी उनले ४ दिनअघि शिशु जन्माएको र हत्या गरी फालेको स्वीकार गरेकी छन् ।  

श्रीमान्सँग राम्रो सम्बन्ध नभएको र पहिलेकै छोरीलाई राम्ररी पालनपोषण गर्न नसकेकाले नवजात शिशुको हत्या गरेको उनले बताइन् । रमिलाले चार वर्षअघि घलातेस्थित एउटै घरमा डेरामा बस्ने मिलन मगरसँग बिहे गरेकी थिइन् । तर जेठी छोरी गर्भमा आएपछि मिलनको पहिल्यै बिहे भइसकेको थाहा पाइन् । उनका अनुसार सुत्केरी हुने दिन नजिकिँदै गर्दा मिलन लकडाउनअघि नै उनीहरूलाई छोडेर उदयपुर गए । उनी अझै फर्किएका छैनन् ।  

 

पतिपत्नीको सम्बन्ध राम्रो नभएपछि नियोजित रूपमै शिशुको हत्या गरेर फालेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । प्रहरीले रमिलाविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको छ ।  

 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments