2020-05-25
Province 1, Dhankuta, Dhankuta
विराटनगर, १३ जेठ । नेपाली सेनाको नं २ बाहिनी अड्डा हिलेमा कार्यरत हुद्दा (हवल्दार)को मृत्यु शंकास्पद भन्दै आफन्तले छानिविनको माग गरेका छन् ।
५ जेठमा बिरामी परेको भनिएका सुनसरी रामधुनी–३ का ३८ वर्षीय पर्शुराम भट्टराईको सोमबार विराट मेडिकल कलेजमा मृत्यु भएको थियो । शरीरमा चोट देखिएका कारण हत्याको आशंका गर्दै आफन्तले छानबिन गर्न माग गरेका हुन् ।
‘मृतकको शरीरमा चोट भएकाले हामीले छानबिन गर्न माग गरेका हौं,’ मृतकका छिमेकी लक्ष्मी सुवेदीले भनिन्, ‘क्षतिपूर्ति रोकिन्छ भन्दै शव बुझ्न दबाब दिइरहेका छन् ।’
आफन्तले शव बुझ्न नमानेपछि विराट मेडिकल कलेजबाट पोष्टमार्टमका लागि सेनाको टोलीले शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याएको छ ।
सोमबार विराटनगरको विराट मेडिकल कलेजमा भट्टराईको मृत्यु भएपछि आफन्तलाई शव बुझ्न आग्रह गर्दै नेपाली सेनाको टोली पुगेको थियो । तर घटना शंकास्पद भन्दै आफन्तले शव बुझ्न मानेनन् । विराट मेडिकल कलेजमा भट्टराईको टाउकोको शल्यक्रिया गरिएको थियो ।
मंगलबार बिहान घटनास्थल हेर्न र छानबिनको माग गर्दै सुनसरीबाट धनकुटा हिँडेका आफन्तलाई प्रहरीले बाटोबाटै फर्काइदिएको छ । लकडाउनमा धेरै मान्छले जान नपाउने भन्दै नेपाली सेनाको आग्रहमा प्रहरीले भेडेटारबाटै फर्काइदिएको हो ।
‘आफन्त र छिमेकी घटना हेर्न गएका थियौं तर भेडेटारबाटै फर्काइदिए,’ सुवेदीले भनिन्, ‘प्रहरीले रोकेपछि घर फर्कियौं ।’
भट्टराई ५ जेठमा ब्यारेकमा लडेको बताएपनि आफन्तलाई भने दुई दिनपछि मात्र जानकारी दिइएको थियो । मृतकका भाइका अनुसार टाउकोको शल्यक्रिया गर्ने बेला मात्र आफन्तलाई खबर गरिएको थियो ।
‘हामीलाई घटना भएको भोलिपल्ट मात्र जानकारी भयो,’ सुरक्षा निकायमा कार्यरत भाइले भने, ‘हामी पुग्दा अवस्था गम्भीर थियो ।’ उनले शरीरमा चोट भएका कारण हत्याको आशंकामा छानबिन गर्न माग गरेको बताए ।
नेपाली सेना हिलेका गणपति यामप्रसाद ढकाल घटनाको प्रहरीले छानबिन गर्नसक्ने बताउँछन् । आफैँ लडेको अवस्थामा भेटिएको बताउँदै उनले आफन्तले उजरी गरे प्रहरीले छानबिन गर्ने बताए ।
घटनास्थल हेर्न दिने विषयमा भने ठूलो संख्यामा मान्छे आएका कारण प्रहरीले रोकेको उनले बताए । ‘हामीले २–४ जना आउनुहोस् भनेका थियौं, उहाँहरु धेरै आउनु भएको रहेछ,’ उनले भने, ‘सीसीएमसीले निर्णय गरेको छ, धेरै मान्छे आए कोरोना संक्रमणको जोखिम हुन्छ ।’
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | Unclear |
Primary Cause | Unclear |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Unclear |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Army |
Actor 2 - Youth | noyouth |
Total Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance