Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2020-05-25

१६ वर्षीया बालिकालाई आफ्नै काका नाता पर्ने ३७ वर्षीय व्यक्तिले बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङमा ०७७ जेठ १३ गते उजुरी दर्ता गरिएको छ । सहयात्री समाजको तर्फबाट आरोपितलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराइएको हो ।

०७६ कात्तिक पहिलो हप्ता घरमै बालिकालाई बलात्कार गरेको र पटक पटक बलात्कार गर्दै मार्ने धम्की दिएका कारण बालिकाले घटना बाहिर ल्याउन नसकेको पीडित परिवारले जनाएको छ ।

आरोपितलाई चितवन जिल्लाको कालिका नगरपालिका–४ पदमवपुर स्थित नातेदारको घरबाट जेठ १२ गते प्रहरीले गिरफ्तार गरेको डिएसपी रूपक खड्काले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण धादिङ अस्पतालमा जेठ १३ गते  गरिएको छ भने आरोपितलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

सीताराम अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments