Incident Reports

गाडिएको अवस्थामा बालिकाको सव बरामद, हत्याको आशंकामा परिवारका सदस्य नियन्त्रणमा

2020-05-26

Lumbini, Nawalparasi West, Susta, Ward 3

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा  नम्बर ३ मा प्रहरीले १४ बर्षिया बालिकाको लास गाडेको अवस्थामा फेला परेको छ । बालिकाको बरामद सवको टाउकोमा चोट देखिएको छ ।  स्थानीयबासीले ति बालिकाको हत्यापछि गाडिएको हुनसक्ने भन्दै घटनामाथि छानबिनको माग गरेका छन् । घटनाको अनुसन्धानका लागि भन्दै प्रहरीले बालिकाको परिवारका  सदस्य र एक छिमेकीलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।  प्रहरीले प्रारम्भिक अनुसन्धानमा पिडित बालिकाको आफ्नै दाईसंग झगडा भएको र उक्त दाई घटनापछि फरार रहेको पत्ता लगाएको छ ।  यता परिवारका सदस्यले  भने झगडापछि बालिकाले बिष सेवन गरेको र अस्पताल लैजाँदै गर्दा बलिको मृत्यु भएको  र सव नारायणी नदीको किनारमा गाडेको बताएका छन् । प्रहरीले सवको पोस्ट मार्टमका  लागि पृथ्बीचन्द्र अस्पताल परासीमा पठाएको छ ।

-----------------------------------

सुस्ता गाउँपालिका–३ की १४ वर्षीया धनेश्वरी बिनको हत्या गरेको आरोपमा प्रहरीले मृकका बुवा ५९ वर्षीय लक्षमण बिन , आमा ५६ वर्षीया बर्फी बिन, दाजु ३३ वर्षीय खेमनारायण बिन र १९ वर्षीय दिनेश बिनलाई जेठ २० गते गिरफ्तार गरेको छ ।

आरोपीहरूले जेठ १९ गते बालिकाको हत्या गरेर घर नजिकै रहेको नारायणी नदीको किनारमा गाडेको स्थानीयले जानकारी दिएको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारीको टोलीले जेठ २० गते उत्खनन गरेर शव पोस्टमार्टमका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल पठाएको इन्स्पेक्टर खुमानन्द पाण्डेले बताउनु भयो । घटनाका अर्का आरोपित २१ वर्षीय जितेन्द्र बिन फरार रहेको समेत इन्स्पेक्टर पाण्डेले बताउनु भयो ।

आरोपित लक्षमण बिनले छोरीले बिष सेवन गरेको र उल्टी गराउन साबुन पानी खुवाउने क्रममा मृत्यु भएको बयान दिएको जिल्ला प्रहरी कार्यालयका एसपी अजय केसीले बताउनु भयो । मृतक धनेश्वरीको टाउकोमा घाउ रहेकोले हत्या गरेको हुन सक्ने एसपी केसीले बताउनु भयो ।

शवको पोष्टमार्टम जेठ २१ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।

नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , INSEC

0 Comments