Incident Reports

दलीत भएकै कारण मन्दिरमा विवाह गर्न अवरोध गरेको दावी l

2014-02-27

Gandaki, Kaski, Pokhara Lekhnath

San Bahadur Thapa बागलुङ जिल्ला घर भई पोखरा उमनपा-५ मा बसोवास गर्दै आएका २१ वर्षीय प्रविण बोहोरा र पर्वत जिल्ला सिवालय गाविस कुश्मा निवासी १९ वर्षीया सनम रुचेलले फागुन १५ गते साँझ पत्रकार सम्मेलन गरी दलीत भएकै कारण मन्दिरमा विवाह गर्न व्यवस्थापन पक्षले अवरोध गरेको दावी गरेका छन् । पोखरा उमनपा-७ मासवारस्थित पुष्केश्र शिव मन्दिरका पूजारी र मन्दिर व्यवस्थापन समितिले दलित भएको भन्दै विवाह गर्न नदिएको पत्रकार सम्मेलनमार्फत पीडितपक्षले सार्वजनिक गरेको हो । विवाह र व्रतबन्धको लागि फागुन १३ गते नै मन्दिरमा गएर छलफल गरी फागुन १५ गतेका लागि मिति तय गरेर बाजागाजा सहित मन्दिर गएकोमा मन्दिरका पूजारी देवीप्रसाद बराल र व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर बरालले जात ढाँटेको भन्दै व्रतबन्ध र विवाहमा अवरोध आरोप पीडितपक्षले लगाएको हो । पीडित पक्षले मन्दिरमा विवाह गर्न अवरोध भएपछि पोखरा उमनपा-३ नदीपुरस्थित नारायणस्थान मन्दिरमा गएर विवाह कार्यक्रम सम्पन्न गरेको थियो । पीडित पक्षले पत्रकार सम्मेलनमा दोषीलाई जातीय छुवाछुत (कसुर र सजायँ ऐन २०६८) ऐन अनुसार कारबाहीको माग गरे पनि प्रहरीमा जाहेरी भने दिएका छैनन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर बरालले दलित भएको कारण विवाह गर्न अवरोध नगरिएको दावी गरे । उनल, मन्दिरमा रुद्री पूजा भइरहेको थियो, मान्छेहरूको भीडभाडले गर्दा रुद्री पूजा सकेपछि दिउँसो २ बजे गरौँला भनेर पर्खन आग्रह गरेको बताए । उनले मान्छे सबै समान भएकाले सबैले पूजापाठ गर्न पाउने र कसैलाई भेदभाव नगरिएको जानकारी दिए । घटनाका सम्बन्धमा प्रहरीमा हालसम्म कुनै उजुरी तथा जानकारी नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis