Incident Reports

रुकुममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, तीन घाइते

2020-05-26

Karnali, Rukum West, Aathbiskot, Ward 9

रुकुम पश्चिम : रुकुम पश्चिम, आठबिसकोट नगरपालिका वडा नम्बर ९ स्थित राडीबजारमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन जना घाइते भएका छन् । मंगलबार साँझ भएको झडपमा नेकपाका दुई र कांग्रेसका एकजना घाइते भएका हुन् । स्थानीय पार्टी राजनीतिमा को वरिष्ठ भन्ने विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा झडपको रुप लिएको हो । झडपमा उनीहरुले किला ठोक्ने फलामको ह्यामर लगायत सामग्रीले हानाहान गरेका थिए । दुईजनाको टाउकोमा चोट लाग्नुका साथै एकको हातमा चोट छ । घटनापछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर आठबिसकोट नगर अस्पतालमा उपचार गराएको स्थानीय गोपाल बटालाले अन्नपूर्ण अनलाईनलाई जानकारी दिए । झडपमा घाइते हुनेहरु रवि चन्द, मिलन परियार र मनोज बस्नेतको अहिले उपचार भइरहेको हो । नेकपाका दुई कार्यकर्ता आठबिसकोट नपाका मेयर गोरखबहादुर केसीका सहयोगीको रुपमा चिनिन्छन् । यस्तै अर्का घाइते मिलन परियार कांग्रेसका स्थानीय नेता तथा मेयरमा पराजित धिरेन्द्रबहादुर बटालाका सहयोगीको रुपमा चिनिन्छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 20
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media

0 Comments