Incident Reports

कपिलवस्तुमा किशोरी बलात्कृत

2020-05-26

Lumbini, Kapilbastu, Maharajgunj, Ward 2

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरी बलात्कृत भएकी छिन् । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहारले ती किशाेरीलाई बलात्कार गरेको आरोप लगाउँदै परिवारले प्रहरीमा उजूरी दिएको छ ।

नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक समेत रहेका लोहारले गएराति किशोरीलाई जर्बजस्ती घरको पछाडि पु-याई सो हर्कत गरेको आरोप लगाइएको छ । 

राति परिवारले किशोरीलाई बेहोशावस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थियो । घटनापछि फरार अभियुक्त  लोहारको खोजी भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए । पीडितको शिवराज अस्पतालमा उपचार भइरहेको छ ।  

Update
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महाराजगञ्ज नपा– २ का ३५ वर्षीय गोरखनाथ लोहारलाई असोज ६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ १३ गते बलात्कार प्रयास गरेको भन्दै पीडित क्षले जेठ १४ गते वडा प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिएका थिए ।

घटना पछि फरार रहेका आरोपितलाई महाराजगञ्ज नपा– २ को उनबलिया गाउँबाट गिरफ्तार गरिएको वडा प्रहरी कार्यालय, चन्द्रौटाका इन्स्पेक्टर दिपेश खरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १३ गते शिवराज अस्पताल, बहादुरगञ्जमा गरिएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments