Incident Reports

बलात्कारका आरोपित २९ वर्षपछि गिरफ्तार l

2014-03-03

Bhojraj Timilsina बलात्कारको अभियोगमा ललितपुर जिल्ला अदालतबाट ०४१ असार ३० गते दुई वर्ष ६ महिना दुई दिन कैद सजाय तोकिएका काभ्रे कुशादेवी गाविस-६ का ५० वर्षीय कृष्णबहादुर थापालाई फागुन १९ गते इलाका प्रहरी कार्यालय बनेपाले गिरफ्तार गरेको छ । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत ललितपुरले कैद सजाएँ तोकेको २९ वर्षपछि उनलाई गिरफ्तार गरी कारागार पठाइएको हो । फरारको सूचीमा रहेका उनलाई प्रहरीले घरबाट गिरफ्तार गरेको थियो । अदालतले दोषी ठहर गरी सजायसमेत तोकिएका थापालाई अदालतको फैसला कार्यान्वयन गर्नेक्रममा गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बनेपाका इन्सपेक्टर अच्युत चापागाईले बताए । एक महिलालाई बलात्कार गर्दा आरोपित २१ वर्षका मात्र थिए । थापालाई काभ्रेस्थित धुलिखेल कारागारमा राखिएको छ । यसअघि माघ २८ गते इलाका प्रहरी कार्यालय बनेपाले जिऊ मास्ने बेच्ने अपराधमा २८ वर्षअघि ०४२ वैशाख २० गते जिल्ला अदालत काभ्रेले कैद सजाय तोकेका रविओपी गाविस-८ का चन्द्रहादुर मिजारलाई पनि गिरफ्तार गरी कारागार पठाएको थियो ।

0 Comments

Related Reports
Related Trend Analysis