Incident Reports

गणतन्त्र दिवसका दिन राजाको पक्षमा राँके जुलुस

2020-05-27

Lumbini, Palpa, Rampur

काठमाडौँ– गणतन्त्र दिवसका दिन बिहीबार पाल्पाको रामपुरमा गणतन्त्रको विरोधमा राँके जुलुस प्रदर्शन भएको छ। ‘गणतन्त्र चाहिँदैन, राजा आउ देश बचाऊ’ सहितका नारा लगाउँदै युवाहरुको समूहले राँके जुलुस प्रदर्शन गरेको हो।उक्त राँके जुलुसका भिडियो क्लिपहरु सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् । सार्वजनिक भिडियोमा राँके जुलुस प्रदर्शन गरिरहेका युवाहरुले ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा आऊ देश बचाऊ, गाउँगाउँमा हल्ला छ, राजा आउने सल्लाह छ, गणतन्त्र मुर्दावाद’ जस्ता नारा लगाइरहेको सुनिएको छ। लकडाउनकै बीच बिहीबार बेलुकी रामपुर बजारमा उक्त प्रदर्शन भएको हो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments