Incident Reports

Four Policemen Including ASI Injured in Attack

2014-03-03

Madhes, Saptari, Rajbiraj

Saptari,prahari tolimaathi akraman hunda SI sahit chaar prahari ghaite. ASI Bhawani Thakur, 43, of District Police Office including four policemen were injured when beaten up by the local villagers of Maleth VDC-9 led by Mohamed Kalam, 27, on the evening of March 3. The villagers attacked and injured ASI Thakur including Police Head Constable Pradeep Yadav, 33, constables Ram Prasad Yadav, 27, and Gopal Rajbanshi, 26, after they confiscated the stolen motorbike with registration number Ko 15 Pa 2410 belonging to Chote Lal Yadav, 32, of Maleth VDC-4. Police arrested Mohamed Kalam, 27, Mohamed Mashum, 30, Mohamed Kusud, 42 and Mohamed Jayabul, 28, on March 4, SP Dinesh Amatya informed. The search for more than a dozen people accused of being involved in the incident is underway, according to SP Amatya. All the injured policemen are getting treatment at Sagarmatha Zonal Hospital of Rajbiraj, according to the police. Manohar Kumar Pokhrel ल्ला प्रहरी कार्यालयमा कार्यरत ४३ वर्षीय असई भगवानी ठाकुरसहित चार प्रहरीलाई मलेठ गाविस-९ का २७ वर्षीय मो. कलामसहितका गाउँलेले मलेठ गाविस-९ जगदरीमा फागुन १९ गते राति ८ बजे कुटपिट गरेका छन् । मो. कलामसहितका गाउँलेले मलेठ गाविस-४ का ३२ वर्षीय छोटेलाल यादवको फागुन १९ गते दिउँसो लुटेको को.१५प २४१० नम्बरको अपाचे मोटरसाइकल खोजतलासका लागि खटिएका असई ठाकुरसहित प्रहरी हवल्दार ३३ वर्षीय प्रदिप यादव, प्रहरी जवानद्वय २७ वर्षीय रामप्रसाद यादव र २६ वर्षीय गोपाल राजवंशीलाई मोटरसाइकल फेला पारेछि लैजान खोजेको भन्दै कुटपिट गरेको प्रहरीले जनाएको छ । प्रहरी टोलीमाथि आक्रमण गर्ने मलेठ गाविस-९ का २७ वर्षीय मो. कलाम, ३० वर्षीय मो. मासुम, २८ वर्षीय मो. जयाबुललाई प्रहरीले फागुन १९ गते राति नै र ४२ वर्षीय मो. कुदुसलाई फागुन २० गते विहान गिरफ्तार गरेको एसपी दिनेश अमात्यले जानकारी दिए । लुटिएको को.१५प २४१० नम्बरको अपाचे मोटरसाइकलसमेत प्रहरीले राति नै बरामद गरी ल्याएको छ । अन्य आधा दर्जनभन्दा बढी आरोपितहरूको तिव्रताका साथ खोजी भइरहेको एसपी अमात्यले बताए । आरोपितहरूविरुद्ध केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा चलाइने एसपी अमात्यले जानकारी दिए । लाठी, बाँसको फट्टाको आक्रमणबाट घाइते असई ठाकुरसहितका प्रहरीहरूको अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ । मनोहर कुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis