Incident Reports

रामेछापमा युवतीमाथि खुकुरी प्रहार

2020-05-30

Bagmati, Ramechhap, Sunapati, Ward 5

रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिका ५ खनियापानीमा गएराति एक युवतीमाथि धारिलो हतियार प्रहार भएको छ ।  

सुनापती गाउँपालिका–५ खनियापानी कटुन्जेका करिब २० बर्षिय युवक कृष्ण कोइरालाले खनियापानीकी १५ बर्षिय सत्यदेवी खड्काको घाँटीमा खुकुरी प्रहार गरेर गम्भीर हुनुभएको छ । 

खुकुरी प्रहार गर्ने कोइराला पनि अहिले वेपत्ता भएका छन् । 

दुई जनाको बीचमा प्रेम सम्बन्ध रहेको र आपसी विवादमा युवकले खुकुरी प्रहार गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले गम्भीर घाइते अवस्थामा स्थानीय र प्रहरीले उद्धार गरेर उपचारको लागि काठमाडौं पठाइएको बताउनुभयो । 

‘खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी गरिरहेका छौं ।’ उहाँका अनुसार आज बिहान ३ बजे उक्त घटना घटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

‘घाइते खड्काको कानमुनको भागमा काटिएको छ, गम्भीर अवस्थामा अस्पताल पुर्याएर अहिले उपचार सुरु भएको जानकारी पाएका छौं ।’ 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments