Incident Reports

क्वारेन्टाइनमा महिला ल्याएर राखेको भन्दै प्रहरीमाथि कुटपिट

2020-05-31

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 2

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ को सकरदहीस्थित विद्यालयमा रहेको क्वारेन्टाइनको सुरक्षार्थ रहेका प्रहरीले महिला ल्याएर कोठामा राखेको भन्दै स्थानीयले कुटपिट गरेका छन् । आइतबार राति १० बजे क्वारेन्टाइनभन्दा बाहिर सुरक्षाकर्मी र स्वास्थ्यकर्मी बस्ने कोठामा प्रहरी र अपरिचित महिलालाई देखेपछि स्थानीय युवाहरुले होहल्ला गरेका थिए । सुरक्षाकर्मीको कोठामा महिला कहाँबाट आइन् भन्दै स्थानीयले क्वारेन्टाइन नजिक गलत क्रियाकलाप भइरहेको आरोप लगाएका थिए ।  सो क्रममा स्थानीयले महिलालाई लिएर कोठामा रहेका प्रहरीलाई कुटपिटसमेत गरेका छन् । विवाद बढ्दै गएपछि छुटाउन गएका एकजना स्वास्थ्यकर्मी पनि कुटाइबाट घाइते भएको हनुमाननगर कंकालिनी नगरपालिकाका स्वास्थ्य संयोजक रामदेव यादवले बताए । स्रोतका अनुसार उक्त क्वारेन्टाइन सुरक्षार्थ प्रहरी हवलदार रामेश्वर यादवसहित २ जना प्रहरी थिए । उनीहरु दुवैजनालाई राति नै इलाका प्रहरी कार्यालय हनुमाननगर ल्याइएको छ । जिल्ला प्रहरीका डीएसपी तिलक भारतीले घटनाबारे बुझ्ने काम भइरहेको बताए ।  

 

 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments

Related Reports